माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैः वादल, भट्ट र रायमाझीलाई कार्बाही गर्ने संभावना

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैः वादल, भट्ट र रायमाझीलाई कार्बाही गर्ने संभावना

  • आइतवार, चैत्र १, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

चैत्र १ काठमाण्डौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरूलाई कारवाही गर्ने निर्णय हुन सक्ने नेताहरुले बताएका छन् । उनीहरुलाई पार्टी परित्याग गरे नगरेको २४ घण्टा भित्र स्पष्टीकरण दिन र मन्त्रीहरुलाई फिर्ता आउन यस अघि स्थायी समितिको बैठकले निर्देशन दिएको थियो ।
तत्कालीन नेकपा माओवादीका २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो। उनीहरुलाई पार्टीमा फिर्ता नआए कार्बाहीको तयारी भएको हो ।

यदी पार्टीमा नफर्किए कानुन अनुसार गृहमन्त्री बादल, उर्जा मन्त्री टोप बहादुर रायमाझी, भौतिक योजना मन्त्री प्रभु शाह, उद्योग वाणिज्य मन्त्री लेखराज भट्ट र गौरीशंकर थारुको सांसद पद गुम्ने निश्चित छ ।
साथै बैठकले सत्ता समीकरण र संगठनका बिषयमा समेत थप निर्णय गर्ने संभावना रहेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ