चैत्र १ काठमाण्डौं । नेकपा एकता अभियानका राष्ट्रिय संयोजक एवं एमाले नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीमा विकास हुँदै गएको व्यक्तिवाद, अहंमतावाद,स्वच्छन्दतावाद र पुरोहितवाद जस्ता प्रवृतिले कम्युनिष्ट आन्दोलन नै समाप्त हुने दिशामा अघि बढेको भन्दै चिन्ता जनाएका छन् ।
गौतम नेतृत्वको नेकपा एकता राष्टिय अभियानको कार्यसम्पाद समितिको आकस्मिक बैठकले उक्त निष्कर्ष निकाल्दै केपी ओलीले आफू सम्बद्ध सदस्यहरुको भेला गरी तथाकथित केन्द्रीय समितिको नाम दिएर जथाभावी महाधिवेशनबाट निर्वाचित पदाधीकारीको जिम्मेवारी खोस्ने, केन्द्रीय कमिटिका सदस्य थप्ने जस्ता काम गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
अल्पसंख्यक सदस्यहरुको भेलाले गरेको यस्तो निर्णय सच्याएर सिंगो पार्टीलाई एकतावद्ध राख्न अभियानले अपील गरेको छ ।
हेर्नुस् विज्ञप्ति :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline