उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न मुख्यमन्त्री गुरुङको आग्रह

उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न मुख्यमन्त्री गुरुङको आग्रह

  • शनिबार, फाल्गुन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

लमजुङ, २९ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी चैत २ गते हुन लागेको ‘एन्फा प्रेसिडेन्ट कप’मा उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै लमजुङस्थित त्रिवेणी क्लबले सो खेलका लागि सहभागिता जनाउनका त्रिवेणी क्लबले आयोजना गरेको ‘एन्फा प्रेसिडेन्ट कप–२०७७’ को पत्रकार सम्मेलन तथा खेलाडीलाई शुभकामना तथा बिदाइ कार्यक्रममा आज खेलाडीलाई विजयको शुभकामना दिनुहँुदै लक्ष्य भनेको सधैँ ठूलो लिनुपर्ने र लक्ष्यमा पुग्न नसके पनि निराश भने बन्न नहुने बताउनुभयो ।
त्रिवेणी क्लबले प्रदेशकै प्रतिनिधित्व गरेर प्रतियोगितामा भाग लिन लागेकाले यो लमजुङ र प्रदेशकै गौरवको कुरा रहेकाले सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिनुभयो । उहाँले सो खेलका लागि पैसाका कारण खेलाडीको मनोबल घट्दै हार्ने स्थिति नबनाउनलाई आग्रह गर्नुभयो । प्रतियोगितामा सहभागी हुन रु २९ लाख १० हजारको बजेट खर्च अनुमानित गरेको क्लबले सहयोग रकम सङ्कलन गरिरहेकाप्रति इङ्गित गर्दै मुख्यमन्त्री गुरुङले ढुक्कसाथ अघि बढन सुभाउनुभयो । खेलाडीलाई आर्थिक अभाव हुन नदिने भन्दै गण्डकी प्रदेश सरकारले खेलाडीको भत्तास्वरुप रु १५ लाख सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्लबले कूल खर्चमध्ये खेलाडीको पारिश्रमिकस्वरुप रु १५ लाख बजेट प्रस्ताव गरेको छ । कार्यक्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणी क्लबको जर्सी सार्वजनिक गर्दै खेलाडीलाई प्रदान गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले क्लबका टोली क्याप्टेन सोमराज गुरुङ र सहायक प्रशिक्षक इन्द्र रानालाई जर्सी प्रदान गर्नुभएको थियो । क्लबले मुख्यन्त्री गुरुङलाई मायाको चिनोस्वरुप ट्रयाक दिएको थियो ।

एन्फा प्रेसिडेन्ट कपको चौथोसम्ममा पर्न सकेमा मात्र उक्त अवसर प्राप्त हुने क्लबले जनाएको छ । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडी, संविधानसभा सदस्य जमिन्द्रमान घले, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेलगायत पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, क्लबका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका सभापति भेषबहादुर पौडेललगायतले विजयको शुभकामनासहित खेलाडीको बिदाइ गर्नुभएको थियो ।

तेस्रो लीलबहादुर स्मृति कपको उपाधि सरातेपोखरीलाई

बेँसीशहर नगरपालिका–३ चिसापानीमा सञ्चालित तेस्रो लीलबहादुर स्मति कपको उपाधि सरातेपोखरी युवा क्लब बेँसीशहरले जितेको छ । सुन्दरबजार फुटबल क्लब र सरातेपोखरी युवा क्लबबीच आज भएको फाइनल खेलमा (ट्राइबेकर) मा चारका विरुद्ध पाँच गोल गर्र्र्दै सरातेपोखरी युवा क्लबले उपाधि जितेको हो ।

सेमिफाइनल खेलमा च्यानपाटा युवा क्लब सुन्दरबजारलाई पराजित गर्दै सरातेपोखरी युवा क्लब फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै उपविजेता सुन्दरबजार फुटबल क्लबले उदीपुरलाई हराएर फाइनलमा प्रवेश गरेको थियो । विजयी सरातेपोखरी युवा क्लबले रु एक लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सुन्दरबजारले रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । स्थानीय ओम सिद्धार्थ युवा क्लबले महाशिवरात्रिका अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ३० टोली सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ