अब कम्युनिष्ट बिरुद्ध लड्ने समय आयोः देउवा

अब कम्युनिष्ट बिरुद्ध लड्ने समय आयोः देउवा

  • शनिबार, फाल्गुन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको विरुद्धमा लड्ने बेला आएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न खोजेकाले प्रजातन्त्रको स्थायीत्वका लागि लड्नु पर्ने बताए ।
अब कम्युनिष्ट बिरुद्ध लडेर कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नु पर्ने देउवाले बताए । ओलीको संस्कार प्रजातान्त्रिक नभएको भन्दै उनले ओलीको पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न खोजेको दाबी गरे ।
झुठा नारा दिएर, जनतालाई बहकाएर आफू सत्तामा बसिरहने ओलीको चाहना रहेको देउवाले जिकिर गरे । अहिले पनि कम्युनिष्टको खिलाफमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ । प्रजातन्त्रको खिलाफमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा । त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ । अरु प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’ देउवाले भने ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ