ओली समुहले थाहै नदिई जिम्मेवारी खोस्नेदेखि महाधिवेशनको मिति सम्म तोक्ने काम गरे पछि नेपाल खनाल समुहको आकस्मिक बैठक बस्दै

ओली समुहले थाहै नदिई जिम्मेवारी खोस्नेदेखि महाधिवेशनको मिति सम्म तोक्ने काम गरे पछि नेपाल खनाल समुहको आकस्मिक बैठक बस्दै

  • शुक्रबार, फाल्गुन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

फागुण २८ काठमाण्डौं । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युताईदिएर एमालेमै माधव नेपाल सहितका नेता फर्किए पनि ओली समुहले थाहै नदिई महाधिवेशनको मिति तोक्नेदेखि आफू पक्षीय नेताको जिम्मेवारी खोसे पछि असन्तुष्ट बनेको खनाल नेपाल समुहको आकस्मिक बैठक बस्दैछ ।
खनाल नेपाल पक्षका स्थायी समिति सदस्यहरु अहिले वानेश्वर स्थित र्याल होटलमा जम्मा भईरहेको स्रोतले जनाएको छ ।
बैठकले ओलीको कदम पछि कसरी प्रस्तुत हुने भन्ने निर्णय लिने बताईएको छ ।
ओलीले आजै बालुवाटारमा आफू पक्षीय केन्द्रीय समितिको बैठक राखेर महाधिवेशन मंसीरमा गर्ने, महासचिव र अध्यक्ष बाहेकका पदाधीकारी हटाउने, प्रदेश ईन्चार्ज परिवर्तन गर्ने र पूर्व माओवादी समुहलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
पार्टीको महाधिवेशन मंसीर २ देखि ६ गते सम्म गर्ने सो समुहले निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ