रहेनन् अग्रज पत्रकार सुशील शर्मा

रहेनन् अग्रज पत्रकार सुशील शर्मा

  • शुक्रबार, फाल्गुन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, २८ फागुन । अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । उहाँले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराउनुभएको थियो । रोग पूर्णरुपमा निको नभई समस्या भोगी रहनुभएका उहाँको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीनदिनदेखि उहाँ सोही अस्पतालमा उपचाररत् हुनुहुन्थ्यो ।

राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोर्टस लाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गर्नुभएका वरिष्ठ पत्रकार शर्मा नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पु¥याउनुभएको थियो ।

आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनत र इमान्दार हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध रहनुभएका उहाँ मिलनसार, देखेको कुरा भन्ने र लेखेका कुरामा अडिक स्वाभाव रहेको उहाँका समकक्षी वरिष्ठ पत्रकार तीर्थ कोइरालाले स्मरण गर्नुहुन्छ ।

उहाँको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिँदैछ । स्व शर्माका श्रीमती र एक छोरा हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी