महाशिवरात्रि र शिव धुनी

महाशिवरात्रि र शिव धुनी

  • शुक्रबार, फाल्गुन २८, २०७७
  •  बासुदेव नाथ

  • 28.2K
    SHARES

महाशिवरात्रि हिन्दु धर्मालम्बीहरुको महान पर्व तथा पर्वहरुको पर्व सर्वश्रेष्ठ पर्व भएकोले पर्वहरुको राजा भनिन्छ । । चतुर्दशी तिथीका स्वामी महायोगी शिव, आदिनाथ, आदिगुरु, मुलनाथ, भगवान पशुपतिनाथ मानिन्छ । हरेक मासिक चतुर्दशीलाई शिवरात्रि भनिन्छ भने फाल्गुन कृष्ण चतुर्दशी तिथीमा पर्ने चतुर्दशीलाई महाशिवरात्रि भनिन्छ । यसै दिनमा ब्रह्माजीले रुद्र रुपी शिवलाई उत्पन्न गरेका थिए। भगवान शिवको शिव रुप र रुद्र रुप गरी दुई रुप मानिन्छन । शिव रुप जगतको सृष्टिकर्ता तथा कल्याणकारी रुप हो भने रुद्र रुप रुवाउने, पर्लयकारी, संहारकारी र विनासकारी रुप हो । यसै दिनमा सृष्टिको आरम्भ भएको तथा अग्निलिङ्ग (महादेवको विशाल स्वरुप) को उदय भएको मानिन्छ ।यसै दिनमा हिमाल पर्वत पुत्री देवी पार्वतीसंग भगवान शिवको विवाह भएको मानिन्छ । सम्पूर्ण दिनदु:खी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आषुतोष भगवान शिवको प्यारो
दिनको रुपमा महाशिवरात्रिलाई लिइन्छ ।
हरेक दिनपछि रात आउछ ।रातलाई अन्धकार तथा अज्ञानताको संकेतको रुपमा लिइन्छ । वर्षमा सबै भन्दा महत्वपूर्ण ४ वटा रात्रिलाई लिइन्छ । कालरात्रि दशैं पर्वको शुक्ल महाअष्ठमीको राती, सुख रात्रि कार्तिक कृष्ण पक्षको आमावश्य तथा औंसीको रातमा
सुख, सम्पत्ति र ऐश्वर्यकी देवी लक्ष्मीपूजाको रात, मोह रात्रि भाद्र कृष्ण पक्षको अष्टमी तिथीकोकृष्ण जन्माष्ठमीको रात र ज्ञान रात्रि फाल्गुन कृष्ण पक्षको चतुर्दशी तिथीलाई महाशिवरात्रि भनिन्छ । महाशिवरात्रिले रात्रि तथा अध्यारोको अन्त्य तथा अज्ञानताको
अन्त्य गरी ज्ञानको ज्योति फैलाउने भएकोले यसलाई ज्ञान रात्रिको नामले चिनिन्छ । अन्धकारबाट उज्यालोमा जानको लागि तथा अध्यारोबाट उज्यालोमा जानकोलागि भगवान शिवलाई जान्नु आवश्यक छ । शिवको पूजा गर्नको लागि भगवान शिव बन्न सक्नु पर्दछ
। देवादी महादेव भगवान शिवको आराधानाबाट मात्र सबै खालका अनिष्ठ तथा खराब कुराहरुको नष्ट हुनगई सुख शान्ति प्राप्ति हुन्छ ।


भगवान शिवका ६ वटा मुख रहेका छन । पूर्वमा तत्पुरुष, उत्तरमा बामदेव, दक्षिणमा अघोर, पश्चिममा सद्योजात, उधव्रमा इशान र अध पातालमा कालामनि रुद्र रुपमा रहेको हुन्छ ।
महाशिवरात्रिको राति शिवलिङ्ग वा माटोको शिवलिङ्ग बनाएर चार प्रहरमा पूजा गरिन्छ । पहिलो प्रहर ( वेलुकी ६ बजे देखि ९ बजे रातीसम्मको समय ) गाईको काँचो दूधले अभिशेक गर्ने र गंगा जलले स्नान गरी बेल पत्र चढाउने अनि चन्दनको तिलक लगाएर कपुरले आरति गरी ॐ नमो: शिवाय ! मन्त्रको उच्चारण गरिन्छ । दोस्रो प्रहर ( राती ९ बजे देखि १२ बजे रातीसम्मको समय ) गाईको दहीले अभिशेक गरी गंगा जलले स्नान गरी बेल पत्र चढाउने अनि चन्दनको तिलक लगाउने र कपुरले आरति गरी ॐ नमो: शिवाय ! मन्त्रको उच्चारण गरिन्छ । तेस्रो प्रहर ( राती १२ बजे देखि ३ बजे रातीसम्मको समय ) गाईको घिउले अभिशेक गरी गंगा
जलले स्नान गरी बेल पत्र र धतुरो चढाउने अनि चन्दनको तिलक लगाउने र कपुरले आरति गरी ॐ नमो: शिवाय ! मन्त्रको उच्चारण गरिन्छ । चौथो प्रहर ( राती ३ बजे देखि ६ बजे बिहानसम्मको समय ) यो ब्रह्म मुर्हत हो । यसमा शिवलिङ्गलाई महले अभिशेक गरी
गंगा जलले स्नान गरी बेल पत्र र धतुरो चढाउने अनि चन्दनको तिलक लगाउने र कपुरले आरति गरी ॐ नमो: शिवाय ! मन्त्रको उच्चारण गरिन्छ ।
शिवरात्रिको दिन दाउरा मुढा बालेर ताप्ने धुनीलाई शिव धुनी भनिन्छ । शिवरात्रिको दिन साझतिरको समयमा शहर तथा ग्रामिण क्षेत्रमा शिवधुनी बाल्ने परम्परा रहेको छ । शिवरात्रिको दिन महादेवलाई जाँडो हुने जनविश्वास रहेकोले हरेक घर, चोक, मठ मन्दिरमा काठ, दाउरा मागेर धुनी जगाई भजन किर्तन गर्नुको साथै सोही आगोमा हलुवा, पुरि, तरकारी आदि परिकार तयार गरी प्रसादको रुपमा सबै मिलिजुली बाँडचुड गरी ग्रहण गर्ने चलन रहेको छ । ललितपुरको रातो मछेन्द्रनाथ मन्दिर अगाडि धुनी बालेर आगो तापिन्छ भने सो धुनीमा मकै, भटमास, चना र सानो केराउ चढाएर आगो ताप्न आउने सबै जनालाई प्रसादको रुपमा बाडिन्छ ।  यस दिन धुनी ताप्दा सबै किसिमका रोगहरु नास हुने तथा औषधिले निको नहुने रोग समेत ठिक हुने जनविश्वास रहेकोछ ।

ॐ नमो: शिवाय ! हरहर महादेव !

महाशिवरात्रि, २०७७ को पावन अवसरमा हार्दिक शुभकामना !

स्रोत सामाग्रीहरु:
 योगी डा. चिन्तामणी महाशिवरात्रि विशेष लेख तथा विभिन्न समयमा दिएका प्रवचनहरु
 सुवेदी मधुसुदन महाशिवरात्रि तथा अन्य लेख रचनाहरु
 विभिन्न पर्वहरुको श्रेष्ठ पर्व महाशिवरात्रि(२७ फाल्गुन २०७७) न्यूज अफ नेपाल डटकम

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी