ज्योति लाईफसँगको सहकार्यमा बैदेशिक रोजगारीमा जानेको बीमा शुल्क खल्तीबाटै तिर्न सकिने सुविधा

ज्योति लाईफसँगको सहकार्यमा बैदेशिक रोजगारीमा जानेको बीमा शुल्क खल्तीबाटै तिर्न सकिने सुविधा

  • बिहिबार, फाल्गुन २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

वैदेशिक राेजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् ।
वैदेशिक राेजगार विभागले वैदेशिक राेजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेकाे छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्याेति लाईफ इन्स्याेरेन्ससँगकाे सहकार्यमा माेबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेकाे छ । यसरी बीमा गरेपछि राेजगारीको लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बीमा कम्पनीले बेहाेनेर्छ । म्यानपावर कम्पनी र राेजगारीमा जाने व्यक्तिहरु यस्ताे बीमा रकम स्वयंले गर्नुपर्छ ।

सामान्यतया म्यानपावर कम्पनीहरूले बीमा गर्दा सामुहिक रुपमा जीवनको बीमा गर्छन् ।
बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेकाे वैदेशिक राेजगार विभाग बीमा (DOFE Insurance) मा ट्याप गरेर आफ्नाे पासपाेर्ट नम्बर लगायतका विवरण भर्नुपर्छ ।

मागेकाे विवरण सबै भरेपछि ताेकिएकाे शुल्क खल्ती एप वा Khalti.com बाट भुक्तानी गर्न सकिन्छ । शुल्क भुक्तानी गरेपछि व्यक्तिकाे बीमा पाेलिसी तयार हुन्छ । त्यसलाई डाउनलोड गरेर राख्नुपर्छ । साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सक्नेछन् । यसले वैदेशिक राेजगारीमा जानेहरूलाई निकै सहज हुने भएकाे छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ