काठमाडौं, २५ फागुन । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिलालाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषदले डा. निलम ढुङ्गाना तिम्सिना सहित बम बहादुर मिश्रलाई ५ वर्षको लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो।
यही फागुन १८ गतेदेखि तत्कालीन डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पदावधि सकिएपछि सो पद रिक्त भएको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा नियुक्त गरिएको हो ।
गभर्नर महाप्रसाद अधिकारीले मन्त्रिपरिदमा यस अगाडि पेश गरेका चार जनाको नाम भन्दा बाहिर गएर नियुक्त भएको छ। अधिकारीले डा. निलम ढुङ्गाना तिम्सिना, देव कुमार ढकाल, डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठको नाम सिफारिस गरेका थिए। तर बम बहादुर मिश्रको नाम सिफारिस गरिएको सूचि भन्दा बाहिरको हो।
फागुन १९ गतेदेखि दुई डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ अवकास भएका थिए। दुबै जना एकैदिन अवकास भए पछि अधिकारीले अर्थमन्त्रालयलमा चार जनाको नाम सिफारिस गरेका थिए। सञ्चार माध्यममा सार्वजनिक भएका नाम भन्दा बाहिरबाट मिश्रको नियुक्ती भएको हो।
हाल तिम्सिना नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख रहेकी छिन्। मिश्र विदेशी मुद्रा व्यवस्थापन विभागका प्रमुख छन्।