एलपिएल: काठमाडौँको हिमालयन ह्वाइट हाउस सेमिफाइनलमा

एलपिएल: काठमाडौँको हिमालयन ह्वाइट हाउस सेमिफाइनलमा

  • मङ्लबार, फाल्गुन २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

कैलाली, २५ फागुन  । धनगढीमा जारी लिटरफ्लावर प्रिमियर लिग (एलपीएल) विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा काठमाडौँको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा काठमाडौँकै नेक्सस स्कुललाई चार विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै १०४ रन बनायो । उसका लागि उत्तम थापाले ३२ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले पाच विकेट लिए ।

एक सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा छ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ह्वाइट हाउसको जीतमा दीपक बोहराले अविजित रहँदै ४३ रन बनाए । नेक्ससका पप्पु रायले तीन विकेट लिए । खेलको म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । योसँगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टिमको टुङ्गो लागेको छ । यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

यस्तै आजै भएको अर्को खेलमा कञ्चनपुरको शारदा सरस्वतीले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले हराएको हो । शारदाले दिएको ११७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ ओभर तीन बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो । स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन छुन सकेनन् ।

स्टेपिङलाई सस्तैमा समेट्न शारदाका लागि विकास सुनार र गणेश बहादुरले समान चार÷चार विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा नौ विकेट गुमाएर ११६ रन जोडेको थियो । शारदाका लागि सुदिप रोकायाले ३४ रन जोडे । उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए ।

त्यस्तै सागर चन्दले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउँदले समान दुई÷दुई विकेट लिए । अब शारदा सरस्वतीले आफ्नो तेस्रो खेलमा भोलि अत्तरियाको होलिल्याण्डसँग खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ