शेयरमा लगातार गिरावट जारी

शेयरमा लगातार गिरावट जारी

  • मङ्लबार, फाल्गुन २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

फागुन २५, काठमाडौं । शेयर बजार निरन्तर गिरावट हुने क्रम जारी छ । आज पनि शेयर दोहोरो अंकले घटेर बन्द भएको छ ।

यो दिन शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स २३ दशमलव २२ अंक घटेर २ हजार ४६१ दशमलव ८८ विन्दुमा झरेको हो । यो दिन बजार २ हजार ४९४ दशमलव शून्य ५ विन्दुदेखि खुला भई २ हजार ४५३ दशमलव ५४ विन्दुसम्म झरेको थियो ।

गत बिहीवार ९० दशमलव ६७ अंकले बढेर २ हजार ५०६ दशमलव ६८ विन्दुमा पुगेको बजार दुई दिन लगातार घटेर ४४ दशमलव ८ विन्दु तल झरेको हो । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४७ अंक घटेर ४४५ दशमलव २१ विन्दुमा झरेको छ ।

यो दिन करीब ५ अर्ब बराबरको शेयर कारोबार भएको छ । २१० ओटा कम्पनीको ५२ हजार ५९१ पटकको व्यापारमा उक्त रू। ४ अर्ब ७५ करोड २७ लाख ८ हजार बराबरको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर कारोबार भएको हो ।

कुल कारोबारमा सर्वाधिक हिस्सा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू। ६५ करोड ३५ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन होटल्स तथा पर्यटन समूहको परिसूचक २ दशमलव ९८ प्रतिशत, जलविद्युतको १ दशमलव ८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ । बाँकी समूहको परिसूचक भने यो दिन घटेको छ ।

यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १ दशमलव ६७ प्रतिशत घटेको छ । दोहोरो अंकले घटेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५ दशमलव १८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। १०० ले घटेर अन्तिम मूल्य रू। १ हजार ८३० कायम भएको हो ।
यो दिन हिमालयन उर्जा विकास कम्पनीको ९ दशमलव ९७ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको ९ दशमलव ९२ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ८८ प्रतिशत, रैराङ हाइड्रोपावरको ९ दशमलव ७८ प्रतिशत र युनाइटेड फाइनान्सको ९ दशमलव ७५ प्रतिशतले मूल्य बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ