फागुण २५ काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गरेकी छन् । यस अघि पन्तले फोन गरेरै माफी मागे पनि ओलीले मुद्धा दायर गरेकी हुन् । ओलीले काठमाण्डौं जिल्ला अदालत पुगेर मुद्धा दायर गरेकी हुन् ।
पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर्ता गरेको ओलीले बताईन् । ओलीविरुद्ध रघुजी पन्तले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको व्यग्य गरेका थिए ।
आरोप पुष्टि भएमा पन्त मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ अनुसार पन्तलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline