आफू एक्लीए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रचण्डको तयारी ?

आफू एक्लीए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रचण्डको तयारी ?

  • मङ्लबार, फाल्गुन २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

फागुण २५ काठमाण्डौं । संसद विघटन हुँदै सर्वोच्चले एमाले र माओवादी मिलेर बनेको नेकपा पार्टी नै खारेज गरिदिए पछि साविकका एमाले र माओवादी ब्युतिएका छन् ।
ओलीले नेतृत्व गरेको एमालेको मुलधारमा हिजै साँझबाट माधव कुमार नेपाल र झलनाथ खनाल सहित फर्किएका छन् भने ओली समुहमा लागेका केही माओवादी मन्त्रीहरुले उतै रहने निर्णय गरेका छन् । खानेपानी मन्त्री मणि थापा ओलीलाई नै साथ दिने निष्कर्षमा पुग्दा अन्य मन्त्री तथा सांसदहरुले निर्णय गरिसकेका छैनन् ।
त्यसै पछि संसदमा तेस्रो दलको हैसियतमा झरेका प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग सबै सांसद फर्किए भने ५३ सिट हुनेछ ।
यो स्थितिमा केपी ओलीले राजीनामा दिनु पर्ने बताउदै आएका प्रचण्डले सरकार बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्न सक्ने हैसियत गुमाएका छन् । उनलाई अविस्वासको प्रस्ताव दर्ता गर्न काँग्रेस र जसपाले साथ दिनु पर्ने हुन्छ । जो अहिले तयार भईसकेका छैनन् ।
एमालेसँग एक्लै एक सय २० सिट रहेको छ । उसलाई सरकार कायम राख्न मात्र १७ जनाको आवस्यकता पर्दछ । त्यसैले ओली सरकार टिकाउन आवस्यक परे जसपालाई समेत विभाजित गरेर ओलीलाई समर्थन पुर्याउने आन्तरीक गृहकार्य हुँद ैआएको चर्चा छ ।
यस्तो स्थितिमा काँग्रेस, माओवादी केन्द्र र जसपाको सिंगो हिस्सा मिलेर अविस्वासको प्रस्ताव दर्ता गर्दा मात्रै ओलीको बहिर्गमन हुने देखिन्छ । तर यसका लागि विपक्षीहरु तयार छैनन् ।
प्रचण्ड पक्षीय एक उच्च स्तरीय नेताका अनुसार विदेशी शक्तिहरुको षडयन्त्रमा अहिलेको पछिल्लो घटनाक्रम विकास भएको भन्दै यही स्थितिमा अझै केही दिन सरकारलाई दिएको समर्थन फिर्ता लिने संभावना छैन । यसरी हेर्दा ओली सरकार बरकरार रहने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी