नेपाल उद्योग परिसंघको पहलमा ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुभारम्भ गरेका हुन् । यो अभियानअन्तर्गत स्वदेशी उद्योगलाई प्रोत्साहन र उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । अभियानअन्तर्गत वार्षिक एक हजार नयाँ उद्योग स्थापना गर्ने र डेढ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य तय गरिएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादन र उपभोगलाई बढावा दिनुपर्ने बताए । स्वदेशमै उत्पादन सम्भव भएका वस्तुहरूको उपभोग बढाउँदै आयात प्रतिस्थापन गर्नुपर्ने उनको भनाइ छ । नेपाल उद्योग परिसंघले परिकल्पना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको सोमबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई स्वदेशमै उत्पादन बढाएर मुलुकलाई निर्यातमूलक मुलुक बनाउन आग्रह गरेका छन् ।
अभियानले मुलुकभित्र हरेक वर्ष एक हजार उद्योग सञ्चालन गरी डेढ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।
अभियानलाई आफ्नो कम्पनीबाट उत्पादित वस्तुहरूको विज्ञापन गरेर बिक्री गर्ने माध्यम नबनाई देशभित्र गुणस्तरीय उत्पादन बढाएर प्रतिस्पर्धी मूल्यमा उपभोक्तासम्म पुर्याई राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर गराउनेतर्फ केन्द्रित गर्न प्रधानमन्त्री ओलीले सुझाब दिएका छन् ।