प्रेस संघठनले तोक्यो पत्रकार महासंघ पर्साको अध्यक्षमा राघव साहलाई उम्मेदवार

प्रेस संघठनले तोक्यो पत्रकार महासंघ पर्साको अध्यक्षमा राघव साहलाई उम्मेदवार

  • सोमवार, फाल्गुन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

वीरगंज, २४ फागुन । प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साकाे बैठक आज सम्पन्न भएकाे छ । प्रेस संघठन पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा बसेकाे बैठकले नेपाल पत्रकार महासंघ पर्साकाे अध्यक्षमा राघव साहलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

चैतमा हुने पत्रकार महासंघकाे निर्वाचनकाे लागि अन्य पत्रकार संगठनहरुसंग सहकार्य र समन्वय गर्नकाे लागि बैठकले प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सचिव बृजलाल पासवानकाे संयाेजकत्वमा ५ सदस्यीय संवाद तथा सहाकार्य समिति समेत गठन गरेकाे छ ।

जुन समितिकाे सदस्यहरुमा अध्यक्ष पदकाे उम्मेदवार राघव साह, प्रदेश सदस्य तुलसी भन्डारी, किरण राज पाण्डे र जिल्ला संयाेजक निरज पिठाकोटे मगर रहेको छन् ।

नेपाल पाेष्ट डेलीकाे कार्यालयमा बसेकाे बैठकमा प्रेस संगठन नेपालका प्रदेश सदस्य कृष्ण उदास खनाल, जगत राई, प्रमाेद यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

उम्मेदवार साह प्रेस संगठनका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सह संयाेजक हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ