काठमाडौँ मेयर कप क्रिकेट: काठमाडौँ मेयर्स ११ र एपिएफ विजयी

काठमाडौँ मेयर कप क्रिकेट: काठमाडौँ मेयर्स ११ र एपिएफ विजयी

  • आइतवार, फाल्गुन २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडौँ, २३ फागुन ।  काठमाडौँ मेयर कपमा काठमाडौँ मेयर्स ११ र सशस्त्र प्रहरी बलको एपिएफ क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । काठमाडौँ मेयर्सले वाग्मती प्रदेशलाई ९४ रनले तथा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको हो ।

मूलपानी खेल मैदानमा भएको खेलमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेपछि काठमाडौँ मेयर्सले वाग्मती प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको काठमाडौँ मेयर्सले ५० ओभरमा नौ विकेटको क्षतिमा २४४ रन बनायो । उसका लागि कप्तान लामिछानेले २० बलमा ६ छक्कासहित ४२ रन बनाउनुभयो ।

यस्तै सन्दीप रजालीले ३३, सिद्धान्त लोहनीले ३४, सौरभ खनालले अविजित ४९ तथा विपिन खत्रीले ३२ रन बनाउनुभयो । बलिङतर्फ वाग्मतीका नन्दन यादवले चार तथा रामनरेश गिरी र आरियो पौडेलले दुई÷दुई विकेट लिनुभयो । २४५ रनको लक्ष्य पछ्याएको वाग्मतीले ३४ दशमलव तीन ओभरमा सवै विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो । वाग्मतीका लागि पृथु बास्कोटाले ६०, कप्तान ज्ञानेन्द्र मल्लले १७, आदिल खानले १५, पारस खड्काले १० तथा इशान पाण्डेले १७ रन बनाउनुभयो । बलिङतर्फ काठमाडौँ मेयर्सका सन्दीप लामिछानेले तीन तथा बिपिन खत्री र अनिल खरेलले दुई÷दुई विकेट लिनुभयो । लामिछाने ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो ।

यसैगरी त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न अर्को खेलमा एपिएफले पुलिसमाथि रोमाञ्चक जीत हासिल ग¥यो । पुलिस क्लबले ५० ओभरमा सात विकेटको क्षतिमा २५८ रन बनायो । पुलिसले दिएको २५९ रनको लक्ष्य एपिएफले एक बल बाँकी छँदै नौ विकेट गुमाएर पुरा ग¥यो । एपिएफका सन्दीप जोराले ६१, सुवास खकुरेलले ५०, आसिफ शेखले ४२, सुमित महर्जनले ३३ र कप्तान शरद भेषवाकरले २० रन बनाउनुभयो । बलिङतर्फ पुलिसका पवन सर्राफले पाँच, योगेन्द्रसिंह कार्कीले दुई तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक÷एक विकेट लिनुभयो ।

यसअघि पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गर्नुभयो । उहाँले १३१ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १४० रन बनाउनुभयो । यस्तै पवन सर्राफले ३५, सुनिल धमलाले ३३, अनिल शाहले १८ तथा कुशल भुर्तेलले १० रन बनाउनुभयो । एपिएफका लागि शरद भेषवाकरले तीन विकेट लिनुभयो । पुलिसका दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ