शिक्षा अधिकृतको मनोमानी : नियम मिचेर विभिन्न काम गरेको तथ्य फेला

शिक्षा अधिकृतको मनोमानी : नियम मिचेर विभिन्न काम गरेको तथ्य फेला

  • शनिबार, फाल्गुन २२, २०७७
  • -दिपक चौरसिया

  • 15.4K
    SHARES

बारा जिल्लाको बारागढी गाउँपालिकाको शिक्षा शाखाकी अधिकृत जलमति चौधरीले आफ्नो मनोमानी ढँगले आर्थिक नियम मिचेर विभिन्न कामहरु गरेको तथ्य फेला परेको छ । अधिकृत चौधरीले आर्थिक ऐन नियम मिच्दै विभिन्न कामहरु गरेको घटना बाहिर आएको हो । आफ्ना जेठाजु पर्ने विश्वनाथ चौधरीलाई प्रधानाध्यापक नियुक्ति गर्नु, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतको जानकारी विना नै उनको नामबाट बैंैक खाता खोलेको रहस्य बाहिरिएको छ ।
तत्कालीन कोल्हभी स्कुलमा अध्यापन गराउँदै आएका उनका जेठाजुलाई प्रक्रिया विपरित गाउँपालिकाको बुद्धगाई स्थित श्री जनता माध्यमिक विद्यालयमा सरुवा गरि प्रधानाध्यापक नियुक्ति गरि आफै एकलौटी हस्ताक्षर गरेर वाणिज्य बैंक शाखा कार्यालय कलैया र हिमालयन बैंक शाखा कार्यालय खोपवामा खाता खोल्न लगाएको तथ्य फेला फेला परेको हो । शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्ति भएपछि उनको नाममा विद्यालयको खाता खोल्दा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको हस्ताक्षर सहितको कार्यादेश हुनुपर्ने अथवा शिक्षा समितिको निर्णयको माइनेट हुनुपर्नेमा कुनै प्रक्रिया पुरा नगरि शिक्षा अधिकृत जलमति चौधरीले आफ्ना जेठाजुको नामबाट खाता खोल्न लगाएकी हुन् ।
यसबारे प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले बुद्धगाई स्कुलको बैंक खाता खोल्नका लागि आफूले कुनै किसिमको अनुमति नदिएको जानकारी दिए । उनका अनुसार विद्यालयको खाता खुलेको छ, छैन भन्नेबारे समेत आफूलाई जानकारी नभएको उनको भनाई छ । यता लेखा अधिकृत अजय चौधरीले पनि बुद्धगाई स्कुलमा नवनियुक्त प्रअको नाममा बैंक खाता खोल्नका लागि आफूले अनुमति नदिएको बताए । उनले शिक्षा ऐन अनुसार शिक्षा समितिको निर्णयले पनि बैंक खाता खोल्न सकिने भएकोले आफूहरुको अनुमति नलिएको हुन सक्ने भन्दै चौधरीले यसबारे विस्तृत शिक्षा अधिकृतलाई जानकारी हुने बताए ।
यति मात्रै होइन, शिक्षा अधिकृत चौधरीको यहाँसम्म मनोमानी बढेको छ कि उनले वडा नं। ४ सुखी पथरा स्थित उमेश निलम आधारभुत विद्यालयमा पनि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको जानकारी विना नै प्रधानाध्यापकको नाममा खाता खोल्न लगाएकी छिन् भने लेखा परीक्षकलाई आफैले हस्ताक्षर गरेर नियुक्ति गरेको बताइएको छ । यतिमात्रै होइन, उनको काममा उनका श्रीमान् निजर चौधरीले पनि हस्तक्षेप गर्ने गरेको बताइएको छ ।
श्रीमती अधिकृत स्तरको भएको कारण प्रमुख प्रशासकीय अधिकृत अथवा लेखा अधिकृत कसैको अनुमति नचाहिने भनेर श्रीमतीसँग आफ्नो अनुकुल काम गर्न लगाई रहेको स्थानीयहरुको आरोप छ । अधिकृत श्रीमतीलाई कार्यालय छोड्न र ल्याउन दिनुहँ गाउँपालिका पुग्ने गरेका शिक्षा अधिकृतका श्रीमान् निरज चौधरीले अनावश्यक रुपमा गाउँपालिकाको काम कार्यवाहीमा हस्तक्षेप गर्ने गरेको र गाउँपालिकाको आन्तरिक छलफलमा सहभागी हुने र सरसल्लाह दिने गरेको गाउँपालिकाकै कर्मचारीहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी