विप्लवले साहसिक कदम चाले, नेपाल शान्तिको युगमा प्रवेश गर्योः प्रधानमन्त्री

विप्लवले साहसिक कदम चाले, नेपाल शान्तिको युगमा प्रवेश गर्योः प्रधानमन्त्री

  • शुक्रबार, फाल्गुन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

फागुण २१ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवले साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् । आज सरकार र नेकपाबीच भएको वार्ता सहमति पछि हस्ताक्षर कार्यक्रमलाई राष्ट्रिय सभागृहमा संवोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवले एक कदमबाटै नेपाली जनताको मन जितेको पनि बताए ।
प्रधानमन्त्रीले अगाडी भने,नेपाली जनतालाई चाहिएका कुरामध्ये राष्ट्रियताको रक्षा, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित, लोकतन्त्रको सृदृढीकरण, सामाजिक न्याय र समानता, भयपूर्ण वातावरणमा बाँच्न पाउने चाहना हो,’ ओलीले भने, ‘हामी सबैले देखेको सपना, समृद्ध नेपाल सुखी नेपाली हो । यसको शान्तिपूर्ण वातावरण चाहिन्छ । लोकतान्त्रिक प्रणाली चाहिन्छ । यिनै चिज वातावरण प्राप्त गर्ने सन्दर्भमा ऐतिहासिक काम भएको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्त्दोलन, बाटोको दिशा अवलम्बन गरिरहेको छैन । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन ।’

प्रधानमन्त्री ओलीले मुद्दामामिला अन्त्य गरी नेता तथा कार्यकर्तालाई छोडिने प्रतिबद्धता व्यक्त गर्दै छुट्ने शिलशिला सुरु भइसकेको जानकारी दिए । केही समय लाग्ने भए पनि समयसँगै नेता तथा कार्यकर्तालाई छुटाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले आफूहरुले नगरा बजाएर बार्ता नगरेको भन्दै दश बर्षदेखि नै विप्लवसगँ आफ्नो वार्ता भईरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ