सर्वोच्चका पूर्व प्रधानन्यायधीशहरुको जस्तै निर्वाचन आयोगका पाँच पूर्व प्रमुख आयुक्तहरुको सँयुक्त विज्ञप्तिः नेकपाको विवाद छिटो निरुपण होस्

सर्वोच्चका पूर्व प्रधानन्यायधीशहरुको जस्तै निर्वाचन आयोगका पाँच पूर्व प्रमुख आयुक्तहरुको सँयुक्त विज्ञप्तिः नेकपाको विवाद छिटो निरुपण होस्

  • बुधबार, फाल्गुन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

फागुण २० काठमाण्डौं । नेकपाको विवाद समयमै निरुपण गर्न नसकेकोप्रति निर्वाचन आयोगका पाँच जना पुर्व प्रमुख आयुक्तहरुले सँयुक्त विज्ञप्ति निकालेर आफूहरुलाई गंभीर बनाएको भनेका छन् ।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्य प्रसाद श्रेष्ठ, भोजराज पोखरेल, निलकण्ठ उप्रेती,डा. अयोधी प्रसाद यादव र दोलख बहादुर गुरुगंले सयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
उनीहरुले दलको विवाद निरुपणमा भएको ढिलाईले निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्ततामा प्रश्न उठाईएकाले आफूहरु गंभीर भएको बताएका हुन् ।
उनीहरुले दल सम्बन्धि विवाद निरुपणमा ढिलाई गर्दा निर्वाचन आयोगको साख र राजनीतिक प्रकृयामा पार्न सक्ने गाम्भिर्यतालाई ध्यानमा राखेर प्रचलित कानुन र स्थापित नजिरहरुका आधारमा उपयुक्त निर्णय यथाशीघ्र दिन उनीहरुले माग गरेका छन् ।
यस अघि संसद विघटन पछि सर्वोच्चमा परेको रिट निवेदनका बारेमा बहस चलिरहेका बेला सर्वोच्चका चार जना पूर्व प्रधानन्याधीशले दिएको सँयुक्त विज्ञप्ति जस्तै कोणबाट यो वक्तव्यलाई हेरिएको छ ।
पूर्व एमाले निकट मानिएका वर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको विवाद निरुपणलाई आलटाल गरेको आरोप लाग्दै आएको छ ।
पार्टीको आधिकारीकता सम्बन्धि विवाद आयोगले टुंगो नलगाउदा नेकपाको विभाजनको कानुनी पाटो सुल्झिएको छैन भने फागुण २३ गतेदेखि चल्ने संसदमा समेत समस्या पर्न सक्ने देखिएको छ ।
निर्वाचन आयोगको भूमिकाप्रति नेकपा प्रचण्ड माधव समुहले असन्तुष्टी प्रकट गर्दै आएको छ । विगतका नजिरहरु हेर्दा पार्टी केन्द्रीय समितिमा बहुमत रहने दललाई आधिकारीकताको मान्यता दिने गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ