पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुने

पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुने

  • बुधबार, फाल्गुन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

कास्की, १९ फागुन ।  पोखरामा यही फागुन २४ देखि २९ गतेसम्म ‘चौथो रञ्जित गुरुङ स्मृति तथा १० औँ बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ ।

पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकर्मी तथा खेलकूदमा योगदान पु¥याएका व्यक्ति आबद्ध संस्था बगर भाइ खलक पोखराले प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पोखराको पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका महासचिव यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, हेटौँडा, चितवन, वालिङ, बुटवलबाट गरी २८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा भारतलगायत विदेशी मुलुकका टोलीले प्रतियोगितामा सहभागिता जनाउने गरे पनि यसपटक कोभिड–१९ का कारण विदेशी टोली छैनन् । चालीस वर्षदेखि ६५ वर्र्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिँढीलाई खेलकूदप्रति अभिरुचि जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य आयोजकले राखेको छ । प्रतियोगिताको उपाधि विजेताले टोलीले रनिङ शिल्डसहित नगद रु एक लाख ११ हजार १११ र द्वितीय हुने टोलीले रु ५५ हजार ५५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ