ट्रकले कार र मोटरसाईकललाई एकै पटक ठक्कर दिदा २ जनाको मृत्य

ट्रकले कार र मोटरसाईकललाई एकै पटक ठक्कर दिदा २ जनाको मृत्य

  • बुधबार, फाल्गुन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

झापा, फागुन(१९ गते । झापा कनकाई नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । आज दिउसो साढे ३ बजे को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र१-०१-००१ च ०१६७ नम्बरको कार र प्र१-०१-०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ कारमा सवार सुनसरी धरान -१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङ -१ का ३० बर्षीय दिलिप राना मगर गम्भिर घाईते भई B and C अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको छ ।

कारमा सवार दिलिप राना मगरको श्रीमती ३० बर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० बर्षीय सुरेश मगर र मोटरसाईकलमा सवार झापा शिवसताक्षी २ का ३९ बर्षीय ज्ञान बहादुर कसाई र मोटरसाईकल पछाडी सवार निजकै श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ घाईते भएका छन् ।

घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, ट्रक चालक मोरङ विराटनगर-१५ बस्ने प्रेम बहादुर वाईबा प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

May be an image of one or more people, people sitting, people standing, motorcycle and outdoors

May be an image of 1 person, standing, motorcycle and road

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ