पछिल्लो समय शेयर बजारमा निरन्तर पहिरो जान थालेको छ । सामान्य करेक्सन भन्दा भन्दै पनि नेप्से २४ सय अंक सम्म आईपुगीसकेको छ । बुधबार कारोबारमा आएका अधिकाँश कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक ३९.२३ अंकले घटेर २४१६ विन्दुमा झरेको छ। पछिल्लो यस दिन सेन्सेटिभ सूचक पनि ७.१२ अंकले घटेको छ।
यस दिन २१२ वटा कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ रुपैयाँमा खरिद बिक्री भएको छ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। बुधबार साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य उच्च रुपले बढ्दा व्यापार उपसमूहको सूचक बढेको छ भने चन्द्रागिरीको शेयरमूल्य बढ्दा होटल तथा पर्यटन उपसमूहको सूचक बढेको हो।
यस दिन चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनर र नेश्नल हाइड्रो पावरको पनि क्रमशः ८.१६ प्रतिशत र ४.९३ प्रतिशतले बढेको छ।
यस दिन एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ ।
बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २९ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एशियन लाइफको २८ करोड ९ लाख र नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।