फागुण १९ चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काँग्रेसले पनि प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्न सक्ने बताएका छन् । काँग्रेस वा प्रचण्ड माधव समुहले अविस्वासको प्रस्ताव दर्ता गर्नेछन्, कोईरालाले भने । चितवनमा पत्रकारहरुसगँ कुरा गर्दै महामन्त्री कोईरालाले नेकपा फुटाउन काँग्रेस सरकारमा जानु पर्ने बताए । यदी काँग्रेस सरकारमा नजादा पनि नेकपा फुट्छ भने सरकारमा जानुको अर्थ हुदैन, काईरालाले भने । प्रधानमन्त्री ओलीलाई कुर्सीबाट हटाउनुको विकल्प नरहेकोमा उनले जोड दिए ।
यस अघि काँग्रेसको पदाधीकारी बैठकले नेकपाको विवाद नटुगिंए सम्म कुनै पनि समुहसँग सहकार्यको निर्णय नलिने निष्कर्ष निकालेको थियो ।
काँग्रेसले भोली संसदीय दलको बैठक मार्फत २३ गतेदेखि शुरु हुने संसदको बैठकमा प्रस्तुत हुने विषयमा निर्णय गर्नेछ ।