बीमा संस्थान व्यवशाय विस्तारमा अघि बढ्दै, भक्तपुर र चाहविलमा नयाँ शाखा कार्यलय स्थापना

बीमा संस्थान व्यवशाय विस्तारमा अघि बढ्दै, भक्तपुर र चाहविलमा नयाँ शाखा कार्यलय स्थापना

  • मङ्लबार, फाल्गुन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

फागुण १८ काठमाण्डौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले आफ्नो व्यवसाय विस्तार गर्ने र बीमाको पहुँच बढाउने ध्येयका साथ शाखा बढाउने क्रमलाई तीव्र पारेको छ । निजी क्षेत्रका बीमा कम्पनीले धेरै स्थानमा शाखा खोल्दै व्यवसाय विस्तार गरिरहेको बेला संस्थानले पनि अब क्रमशः देशभर नै आफ्नो उपस्थिति जनाउन लागेको हो ।

संस्थानले पछिल्लो पटक काठमाडौँको चाबहिलमा १७ औँ र भक्तपुरको सूर्यविनायकमा १८ औँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । संस्थानले आज जारी गरेको विज्ञप्तिअनुसार चाबहिल शाखाको सोमबार काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष सुतकुमार डङ्गोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गङ्गाराम कँडेलले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

वडाध्यक्ष डङ्गोलका अनुसार चाबहिल क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकामा आभार प्रकट गर्दै सरकारी संस्थान भएकाले बीमा व्यवसाय र साक्षरता अभियान चलाउनु जरुरी छ । संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बीमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताउनुभयो । चावहिलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रीय कार्यालयसम्म पुगिरहन नपर्ने उहाँले बताउनुभयो ।

संस्थानका प्रशासन कवि पाठकले जीवन बीमामै जेठो कम्पनी संस्थान जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमा शुल्क सङ्कलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताउनुभयो । नेपाली बीमा बजारमा आफ्नो हिस्सा क्रमशः बढाउँदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उहाँको भनाइ थियो ।

यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मङ्गलबार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्तरुपमा उद्घाटन गर्नुभएको संस्थानले जनाएको छ । संस्थानको काठमाडौँको कलङ्कीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिट्टै कारोवार शुरु हुन लागेको संस्थानले जनाएको छ । योसँगै संस्थानको उपत्यकाभित्र शाखा सङ्ख्या चार पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ