पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा रिजाल नियुक्त

पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा रिजाल नियुक्त

  • मङ्लबार, फाल्गुन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

फाल्गुण १८, काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा चन्द्र रिजाल नियुक्त भएका छन् । २०६५ साल मंसिर २२ गतेदेखि खाली रहेको नेपालको पर्यटन क्षेत्र हेर्ने र बजारिकरण गर्ने उद्देश्यले निर्माण गरिएको पर्यटन बोर्डको उपाध्यक्षमा मंगलवार बसेको बोर्डको बैठकले रिजाललाई चयन गरेको हो ।

गत माघ २३ गते मन्त्रिस्तरीय बैठकको निर्णयबाट रिजालसहित ङावा ङिमा शेर्पा र कृष्ण शाह सञ्चालक समिति सदस्य नियुक्त भएका थिए । बोर्डका अन्य सदस्य विप्लव पौडेल र पम्फा धमलासहित सबैको सर्वसम्मतिमा रिजालाई उपाध्यक्ष चयन गरिएको हो।

निजी क्षेत्रबाट नियुक्त हुने पाँच जनामध्ये पौडेल र धमलालाई यसअघि नै स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारिले नियुक्त गरेका थिए । नेपालको पर्यटनलाई विश्वबजारमा चिनाउने हेतुले निर्माण गरिएको यस संस्थामा वार्षिक डेढ अर्बदेखि २ अर्ब बजेट हुन्छ ।

सदस्यबीचकै बिवाद तथा खिचातानीले गर्दा पर्यटन बोर्डमा १० वर्षदेखि उपाध्यक्ष पद खाली थियो । यसपटक सर्वसम्मत रुपमा पर्यटन बोर्डले उपाध्यक्ष चयन गरेको हो । टानका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी रिजालले सर्वसम्वत उपाध्यक्ष चयन भएसँगै बिगतका जस्ता राजनीतिक खिचातानीमा अब बोर्ड छैन भन्ने सन्देश समेत दिन आफूहरु सफल भएको बोर्ड सदस्य शाहले बताए।
निजी क्षेत्रको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने चारैजना सदस्यले संयुक्त रुपमा रिजाललाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। बोर्डको कार्यकारी निर्देशकमा डा.धनन्जय रेग्मी छन्।

उपाध्यक्षमा निर्वाचित भएका रिजाल पर्यटन क्षेत्रमा संगठन निर्माणदेखि पर्यटनका विज्ञका रुपमा चिनिन्छनन् । धादिङ खाल्टे ३ घर भई लामो समयदेखि नेकपा एमालेको राजनीतिमा होमिएका रिजाल होटल व्यवसायीहरुको छाता संगठन हानको केन्द्रीय सदस्य, ट्रेकिङ एजेन्सिज एसोसियज नेपाल टानका अध्यक्ष, पर्यटन व्यवसायीहरुसँग जोडिएको सहकारी दीगो पर्यटनको अध्यक्ष, नेपाल ओलम्पिक कमिटी अन्तर्गत रहेको संस्था नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघको अध्यक्ष जस्ता पर्यटन क्षेत्रमा आवद्ध रहेको दर्जनभन्दा बढी संघ संस्थामा नेतृत्वदायी भुमिकामा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ