ज्योति लाईफको आईपिओ तोकिए भन्दा दुई दिन अघि नै निष्कासन हुने

ज्योति लाईफको आईपिओ तोकिए भन्दा दुई दिन अघि नै निष्कासन हुने

  • मङ्लबार, फाल्गुन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाण्डौ फागुण १७ । वेव पोर्टलमा ट्राफिक समस्याले यस अघिका आईपिओको नतिजा हेर्ने क्रम अवरुद्ध हुनुका साथै दोस्रो बजार कारोबारमा समेत प्रभाव परे पछि ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपिओ तोकिएको मिति भन्दा दुई दिन अगावै निष्कासन हुने भएको छ ।
फागुण २३ गतेदेखि निष्कासन गर्ने भनिएको आइपिओ अब २१ गतेदेखि नै शुरु हुने भएको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको मितिभन्दा दुई दिन अगाडि नै निष्कासन गरिने भएको हो। अब यो कम्पनीको आईपीओ फागुन २१ गते शुक्रबारदेखि निष्कासन हुने भएको छ। यसअघि यो आईपीओ फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको थियो।

सीडीएससीले कारोबार दिनमा मेरो सेयर पोर्टलमा लोड पर्ने हुँदा शुक्रबार सेयर कारोबार नहुने दिनदेखि आईपीओ निष्कासन गर्न निर्देशन दिएकोले सोहीअनुसार दुई अगाडि नै यो कम्पनीको आईपीओ निष्कासन गर्न लागिएको एनएमबी क्यापिटलले जनाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नछन्। लगानीकर्ताहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न लागेको हो। हाल इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

आईपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले यो कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ