शेयर बजार फेरी ओरालो लाग्यो, नेप्से ६० अंकले झरयो

शेयर बजार फेरी ओरालो लाग्यो, नेप्से ६० अंकले झरयो

  • मङ्लबार, फाल्गुन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

फागुण १७ काठमाण्डौं । हिजो केही सुधार देखिएको शेयर बजारमा आज फेरी पहिरो गएको छ ।
गत केहि दिनदेखि लगातार घट्दै आएको शेयर बजारमा सोमबार करिब ४१ अंकको सुधार देखिएको भए पनि आज ५९.७० अंकले पुनः ओरालो लागेको हो ।
नेप्से अहिले २४५५.३३ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ९.८० अंकले घटेर ४४३ विन्दुमा झरेको छ।
यस दिन २०८ वटा कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँमा खरिद बिक्री भएको छ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार र होटल उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ वटा उपसमूहको सूचक घटेको छ।

घट्दो बजारमा मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्सको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, हिमालयन पावर पार्टनरको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस दिन एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २८ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ करोड ८७ लाख, नेपाल बैंकको २२ करोड ६९० लाख, शिखर इन्स्योरेन्सको २१ करोड ६९ लाख र कुमारी बैंकको २० करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ