शहीद स्मारक ‘बी’ डिभिजन लिग: सातदोबाटो शीर्ष स्थानमा

शहीद स्मारक ‘बी’ डिभिजन लिग: सातदोबाटो शीर्ष स्थानमा

  • सोमवार, फाल्गुन १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौँ, १७ फागुन । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । जीतसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङले निर्णायक गोल गर्नुभएको हो । उहाँले खेलको २५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको हो ।

जीतसँगै सातदोबाटोले आठ खेलमा २२ अङ्क जोडेको छ । यस्तै आठ खेलमा ६ अंक जोडेको श्री भगवती क्लब लिगको नवौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ