फागुण १७ काठमाण्डौं । नेपालमा आज ७३ जना कोरोना संक्रमित थपिएका छन । देशभर ३ हजार ४९ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।
यसै गरी २४ घण्टामा ६४ जना कोरोनामुक्त भएका छन् । यो सँगै कुल मुक्त हुनेको संख्या २ लाख ७० हजार ४७१ पुगेको छ ।
यसै गरी संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । हाल सम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ सय ७७ पुगेको छ ।
अब आईसोलेसनमा सक्रिय संक्रमितको संख्या ९६८ जना रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline