कुमारी ईक्विटी फण्डमा आवेदकको आईरो, दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

कुमारी ईक्विटी फण्डमा आवेदकको आईरो, दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

  • सोमवार, फाल्गुन १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाइमा आवेदकको आईरो लागेको छ । पछिल्लो समय आईपिओहरुमा देखिएको तीव्र आवेदनको क्रम कुमारी ईक्वीटी फण्डमा पनि देखिएको छ । कुमारी ईक्वीटी खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्प शर्माले जानकारी दिनुभएको छ ।
क्यापिटलले माघ १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ