नेप्से फेरी उकालो गतिमा, निरन्तर अघि जाला ?

नेप्से फेरी उकालो गतिमा, निरन्तर अघि जाला ?

  • सोमवार, फाल्गुन १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

पछिल्ला दिनहरुमा निरन्तर ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको नेप्से परिसुचकमा आज आशाजनक बृद्धि भएको छ । आज भएको बृद्धिले लगानीकर्ताहरुलाई केही उत्साह थपेको देखिएको छ । तर कतिपय लगानीकर्ताले नेप्से अझै केही माथि जाने अपेक्षा गरेका छन् ।

सोमबार नेप्से परिसूचक ४०.६४ अंक बढेर २५१५.३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.४७ अंक, फ्लोट इण्डेक्स २.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१५ अंक बढेको छ।

नेप्से उकालो लागेपनि यस दिन भोल्यूम अर्थात कारोबार रकम भने घटेको छ । यस दिन बजारमा २०९ कम्पनीको ७० हजार ३३९ पटकको कारोबारमा ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता शेयर कारोबार भएको छ। यो कारोबार रकम यस अघिको तुलनामा कमी हो ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचकहरु बढेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३।३२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, वित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४४ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिखर इन्स्योरेन्सको ३० करोडा रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

कारोबारमा आएको चन्द्रागिरी हिल्सको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ बढेर ४५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ