काठमाण्डौं फागुण १७। पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टी भएको छ । वायोप्सी, DOTA NOC परीक्षण, Endoscopic ultrasound (EUS) , PET CT Scan सहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका छन् । नेपालमा चिकित्सकहरुले संभावित क्यान्सरको आशंका सहित थप परीक्षणका लागि भारत जान सुझाव दिए पछि डा. भट्टराई दिल्ली पुगेका थिए ।
देखिएको ट्युमरलाई भने छिट्टै शल्यक्रिया मार्फत फ्याँक्न चिकित्सकहरुले सुझाव दिएका छन्। यदि बेलैमा शल्यक्रिया भएन भने भविष्यमा क्यान्सर हुन सक्ने चिकित्सकले सुझाएका छन् ।
अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
अध्यक्ष भट्टराई भोलि नेपाल फर्कने सो पार्टीका नेताहरुले बताएका छन् ।