फागुण १६ काठमाडौं । बालाजुमा जनताको घर गैरकानुनी रूपमा भत्काएर सूचना केन्द्र निर्माण गर्न खोजिएको र कमल पोखरीमा कंक्रिटको फूल फुलाउन खोजिएको विरोधमा नागरिक आन्दोलनले काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेको छ।
महानगरले बनाउन लागेको सूचना केन्द्रमा लगाइएको बार अभियन्ताहरूले भत्काएपछि फागुन १२ गते प्रहरीले ८ जना अभियन्तालाई पक्राउ गरेर मुद्धा चलाएको थियो ।
सरकारबाट सडक विस्तारको नाममा निजी घरहरूमा डोजर लगाउने, स्थानीयलाई उठीवास गर्ने काम भएको भन्दै विरोध हुँदै आएको छ ।
अभियन्ताहरूले लामो समयदेखि उक्त जग्गाबारे सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेकाले महानगरपालिकाले तत्काल सूचना केन्द्र निर्माण गर्न नहुने माग गरेका छन् । सर्वोच्चले पनि ०७३ सालमै उक्त जग्गामा कुनै पनि कार्य नगर्नु भन्ने आदेश जारी गरेको थियो।
यस्तै, ऐतिहासिक कमलपोखरी मासेर कंक्रिटको संरचना बनाएको भन्दै वृहत नागरिक आन्दोलनका अभियनताहरूले विरोध जनाउँदै आएका छन्।