तन्दुरुस्त तन र स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्यः साँसद यादव

तन्दुरुस्त तन र स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्यः साँसद यादव

  • शनिबार, फाल्गुन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

वीरगन्ज फागुन १५।  राष्ट्रियस्तरका खेलाडिहरु समेतको संलग्नतामा स्थापना भएको वीरगन्ज स्पोर्टस क्लबको शनिवार एक भब्य समारोहविच उद्घाटन भएको छ । पर्सा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (साँसद) प्रदीप यादवले संस्थाको उद्घाटन गरेका हुन । संस्थाको उद्घाटन गर्दै साँसद यादवले युवाहरुको लागि खेलकुद महत्वपुर्ण भएको बताउदै यस संस्थाको माध्यमले खेलकुदको बिकासमा टेवा पुग्ने बिश्वास जनाए । उनले तन्दुरुस्त तन र स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्य रहेको टिप्पणी गरे ।No description available.
संस्थाका अध्यक्ष हासिम अन्सारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै साँसद यादवले युवाहरुको सक्रियता र बहुआयामिक बिकासमा आफु सदैव साँथ रहेको जिकिर गरे । कार्यक्रममा प्रदेश सभा सदस्य जनत अन्सारी बिशिष्ठ अतिथी रहेका थिए । त्यसतै जनता समाजवादी पार्टीका जिल्ला सदस्य नुर आलम अन्सारी, नगर उपाध्यक्ष शेख रुस्तम, पर्सा क्रिकेट संघका जिल्ला अध्यक्ष दाउद अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ