आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

  • शनिबार, फाल्गुन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, १५ फागुन । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ ।

धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सिडिएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np मार्फत हेर्न सकिनेछ ।

धितोपत्र बाँडफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको भए पनि ती कम्पनीका वेबसाइटले चाप थाम्न नसक्दा लगानीकर्ताले सहजै नतिजा हेर्न सकेका थिएनन् । विभिन्न अनलाइन सञ्चारमाध्यमले शेयर बाँडफाँटको नतिजा हेर्न सक्ने गरी राख्दा लगानीकर्ताको गोपनीयतामा असर गरेको भन्दै सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न सकिने बनाइएको थियो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बाँडफाँटको नतिजा सो कम्पनीको वेबसाइट तथा उक्त सार्वजनिक निष्कासनको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिको वेबसाइटमा राखिएकामा लगानीकर्ताको अत्यधिक चापका कारण दुवै वेबसाइटले काम गर्न सकेका थिएनन् । दिनभर जसो उक्त वेबसाइट ‘डाउन’ भएको थियो ।

कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटले काम नगरेपछि लगानीकर्ताको चाप मेरो शेयरमा परेको थियो । यसका कारण मेरो शेयरको अन्य सेवा शुक्रबार दिनभर जसो नै प्रभावित भएको थियो ।

सार्वजनिक निष्कासनको नतिजामात्र राखिने उक्त वेबसाइट सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्न सक्ने गरी उच्च क्षमतामा तयार गरिएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सार्वजनिक निष्कासनका लागि करीब १५ लाखले आवेदन दिने गरेका छन् । सो वेबसाइटमा लगानीकर्ताले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा बाँडफाँट सम्पन्न हुनेबित्तिकै हेर्न सक्नेछन् ।

उक्त वेबसाइटमा हाल महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँटको नतिजा अपलोडसमेत गरिएको छ । उक्त ठेगानामार्फत लगानीकर्ताले आफ्नो नतिजा हेर्न सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी