नेपाललाई अतिकम विकसित मुलुकको श्रेणीबाट माथि उक्लनका लागि सिफारिस

नेपाललाई अतिकम विकसित मुलुकको श्रेणीबाट माथि उक्लनका लागि सिफारिस

  • शनिबार, फाल्गुन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

फाल्गुन १५, काठमाडौँ । संयुक्त राष्ट्र संघको विकास नीति समिति (सीडीपी) ले नेपाललाई सन् २०२६ पछि अति कम विकसित मुलुकहरु (एलडीसी) को सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको हो । राष्ट्रसंघका अनुसार अतिकम विकसित मुलुकहरुमा आर्थिक–सामाजिक रुपमा पछि परेका र मावन विकास सूचांकमा पछि परेका मुलुक पर्छन् ।
त्यसअघिको ५ वर्ष भने समितिले ‘नेपाललाई सन् २०२६ सम्मको एलडीसी श्रेणीबाट उक्लनका लागि आवश्यक तयारी’ गर्ने समय पनि दिएको छ । अब नेपालले सन् २०२६ सम्म मात्र एलडीसी मुलुकको रुपमा पाउँदै आएको सहयोग प्राप्त गर्ने छ ।

न्युयोर्कस्थित अमेरिकाका लागि नेपालको संयुक्त राष्ट्रसंघीय स्थायी नियोगद्वारा जारी विज्ञप्तिअनुसार उक्त समितिको फेब्रुअरी २२ देखि २६ सम्म त्रैवार्षिक समीक्षात्मक बैठक बसेको थियो । जसले नेपालले लगातार तीन पटक भएको श्रेणीगत उक्लने समीक्षामा आवश्यक सूचांकहरु पूरा गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ