सशस्त्र प्रहरीद्वारा ५ लाख भन्दा बढीको मालसामान बरामद

सशस्त्र प्रहरीद्वारा ५ लाख भन्दा बढीको मालसामान बरामद

  • शनिबार, फाल्गुन १५, २०७७
  • रबिन्द्र यादव

  • 7K
    SHARES

नवलपरासी पश्चिम १४ फागुन नवलपरासी पश्चिम जिल्लाको बिभिन्न स्थानबाट करीब ५ लाख ७७ हजार ७ सय १० रूपैयाँ मुल्य बराबर अवैध मालसामान नियन्त्रण गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिम मातहत वि.ओ.पि.हरपुर , वि.ओ.पि.भुजहवा, वि.ओ.पि.गुठिप्रसौनी र अस्थायी सुरक्षा बेश रगरगंजबाट जिल्ला नवलपरासी पश्चिम रामग्राम नगरपालिका वडा न.७ उजैनी , पाल्हिनन्दन गाउँपालिका वडा न.२ मुडेरा, ६ पडरी , सरावल गाउँपालिका वडा न. ७ गणेशपुर र भटौलिया, प्रतापपुर गाउँपालिका वडा न .५ मटरा ईलाकाहरुमा खटिई गएको मोवाईल तथा पैदल गस्ति टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको ४ लाख ४२ हजार ७ सय १० रूपैयाँ मुल्य बराबरको किराना सामान, लत्ताकपडा, मोवाईल तथा मोबाईल पार्टसहरु, कस्मेटिक प्रोडक्ट्स, अटोमोवाईल पार्टसहरु नियन्त्रण गरी आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।

त्यसैगरी सुस्ता गाउँपालिका वडा न. ५ बनकट्टि स्थित भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा अन्दाजी १ लाख ३५ हजार मुल्य बराबरको १ सय ६५ गोटा  ५ सय के.जी ) ब्रोईलर कुखुरा नियन्त्रण गरी स्थानिय प्रतिनिधी एवं स्थानिय बासिन्दाहरुको रोहबरमा खाडल खनि नष्ट गरीएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ