काठमाडौं, फागुन १४ । सरकारले फागुन २३ गते आइतबार प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ मा प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गर्दै १३ दिनभित्र पहिलो बैठक बोलाउन आदेश दिएको थियो ।
सोही तोकिएको मितिमै बैठक बस्न लागेको हो ।
संसद बैठकमा प्रतिनिधि सभा विघटनको बिरुद्ध आन्दोलनरत दलहरुले प्रधानमन्त्री ओली बिरुद्ध अविस्वासको प्रस्ताव ल्याउने प्रयास गरीरहेका छन् भने ओलीले विस्वासको मत लिने प्रयास गर्न थालेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline