८० करोडको कुमारी क्यापिटल ईक्वीटी फण्डमा आवेदन खुल्यो, कति सम्म गर्न सकिन्छ लगानी ?

८० करोडको कुमारी क्यापिटल ईक्वीटी फण्डमा आवेदन खुल्यो, कति सम्म गर्न सकिन्छ लगानी ?

  • शुक्रबार, फाल्गुन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापन सञ्चालन हुने रु.८० करोडको ‘कुमारी ईक्वीटी फन्ड’ मा आजबाट आवेदन खुलेको छ । दसवर्षे बन्दमुखी यस योजनाका रु. १० अंकित दरका कुल ८ करोड इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाइ कोष प्रबद्र्धक कुमारी बैंकका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो। यस योजनाका इकाइमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ। आवेदन गर्दा न्यूनतम १०० इकाइ र अधिकत ८० लाख इकाइसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ। यस योजनामा छिटोमा फागुन १८ गते र ढिलामा फागुन २८ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ। कुमारी क्यापिटलले इक्रा नेपालबाट एएमसी ३ रेटिङ प्राप्त गरेको छ।
योजना सूर्यप्रसाद कोइराला, भरतराज पोखरेल, कृष्णप्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजितकुमार तिमल्सिना गरी पाँचजना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा सञ्चालन हुनेछ ।
योजना व्यवस्थापकले बृहत् अध्ययन तथा विश्लेषणका आधारमा इकाइ बिक्रीबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित व्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताको लगानीलाई सुनिश्चित गर्नेछ। नेट एसेट भ्यालुः रु। १० बाट सुरु भई अन्तिम वर्ष (लाभांश वितरणपश्चात) सम्म रु. २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ। लाभांश र पुँजी वृद्विसमेत गरी औसत प्रतिफल २२ प्रतिशत हुने अनुमान गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ