फागुण १४ काठमाण्डौं । नेपालको आन्तरीक राजनीतिमा चासो राख्दै आएको भारत र चीन दुबै देशका राजदुतले काँग्रेस सभापति देउवासगँ भेटघाट गरेका छन् । संसद पुनस्थापना पछि अब देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड माधव समुहले प्रस्ताव गरीसकेको अवस्था र अब नेकपाको दुबै विभाजित समुहले सरकार बनाउदा या कायम राख्दा काँग्रेसको समर्थन अनिवार्य जस्तो छ । यस्तो स्थितिमा देउवा आफै प्रधानमन्त्री बन्ने हुन् या कसलाई समर्थन गर्छन् भन्ने चासो बढेका बेला दुबै देशका राजदुतले अलग अलग रुपमा देउवासँग भेट गरेका छन् ।
दुबै राजदुत पालै पालो देउवा निवासमा पुगेका थिए । ती भेटमा नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताईएको छ ।
चीनले नेकपा विभाजन जोगाउन थुप्रै प्रयास गरेको थियो । त्यस क्रममा चीनीया कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको भ्रमण देखि राजदुत होउ यान्छीले राष्ट्रपति प्रधानमन्त्री र नेकपाका नेताहरुसँग बाक्लो भेट गरेकी थिईन् ।
भारतीय राजदुत विनयमोहन क्वात्राले पनि सभापति देउवालाई निवासमै भेटेका हुन् । नेपालमा अब कसरी राजनीतिक घटनाक्रम अघि बढ्छ, ओली सरकार यथावत राख्ने या नयाँ सरकार बनाउन सहयोग गर्ने वा आफै प्रधानमन्त्री हुने देउवाका लागि विभिन्न विकल्प रहेको र काँग्रेसले यो बिषयमा निर्णय गरीसकेको छैन ।
यो विषयमा कसरको सरकार बन्छ ? ओली सरकार यथावत रहन्छ कि रहँदैन भन्ने चासो दुबै देशले लिएको देखिन्छ । सर्वोच्चले संसद पुनस्थापना गरिदिए पछि कुनै पनि दुेशले औपचारीक प्रतिकिया दिएका छैनन् ।