के ज्योतिषले भने अनुसार देउवा प्रधानमन्त्री हुने दिन आउदैछ ? यस्तो छ संभावना र समीकरण

के ज्योतिषले भने अनुसार देउवा प्रधानमन्त्री हुने दिन आउदैछ ? यस्तो छ संभावना र समीकरण

  • बुधबार, फाल्गुन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

फागुण १२ काठमाण्डौं । ०७४ सालको संघीय निर्वाचन अघि धनगढीमा काँग्रेस सभापति शेर बहादुर देउवाले पत्रकारहरुसँगै भनेका थिए, ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन्, त्यसैले चुनाव पछि मै प्रधानमन्त्री हुन्छु । यो उनले चुनावमा वामगठबन्धनको बहुमत आउने र देउवा अब अन्तिम प्रधानमन्त्री भएको भनेर ओलीले चुनौती दिएको जवाफमा उनले बताएका थिए ।
नभन्दै बाम गठबन्धनको बहुमत आयो, ओली प्रधानमन्त्री भए झण्डै दुई तिहाईको ।
तर पुष ५ को संसद विघटन पछि परिस्थिति अप्रत्यासित रुपमा बदलियो । निर्वाचनको घोषणा, आदि विकल्पबाट कार्यकाल पूरा गर्ने रणनीतिमा थिए प्रधानमन्त्री केपी शर्मा ओली । तर तीन वर्षको उनको कार्यकाल पूरा हुँदा अब उनी संभवत बाहिरिने पक्का पक्की देखिन्छ । आफ्नो कदमलाई सर्वोच्चले बदर गरिदिए पछि ओलीले नैतिकतामा आधारमा राजीनामा दिनु पर्ने माग उठ्न शुरु भईसकेको छ । संसदको बैठक पनि अब दुई साता भित्र बस्ने छ ।
यस्तै स्थितिमा ओली विरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुने संभावना हुन्छ । त्यस कारण नेकपा विभाजित भएको र एकले अर्कोलाई स्वीकार गर्ने स्थिति छैन । न प्रचण्डले ओलीलाई स्वीकार गर्ने स्थितिमा छैनन् । यसको सिधा फाईदा काँग्रेस सभापति शेर बहादुर देउवाको हातमा जाने संभावना बढेको छ ।
अहिले संसदमा सरकार निर्माणका लागि १३८ जना सांसदको आवस्यकता पर्दछ । त्यसका लागि नेकपा विभाजित भए पछि सो पार्टीको दुबै समुहसगँ आवस्यक संख्या पुग्दैन । प्रचण्ड माधवसगँ ९० जना हाराहारी र ओलीसगँ ८४ जना सांसद छन् । यसमा केही तलमाथि अबको अभ्यासले गर्न सक्छ ।
त्यसै गरी काँग्रेसको ६३ सिट रहेको छ । देउवाले ओली पक्ष र प्रचण्ड माधव पक्ष कसैको पनि साथ पाँउदा देउवा प्रधानमन्त्री बन्न सक्छन् । काँग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आँउदा पार्टीमा साना तिना विवाद भए पनि देउवाको विकल्प देखिँदैन ।
प्रचण्ड र माधव कुमार नेपालले संसद विघटन पछि सँयुक्त आन्दोलनका लागि सहमति गर्न जाँदा होस् या संसद पुनस्थापित भए पछि होस् देउवाको निवासमै पुगेर प्रधानमन्त्रीको अफर दिएका छन् ।
जे भए पनि ज्योतिषीमाथि विस्वास गरे पनि नगरे पनि देउवाले फेरी पनि प्रधानमन्त्री हात पार्ने राजनीतिक वातावरण भने तयार हुँदै गएको देखिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ