पार्टी एकता जोगाउन वामदेव गौतमको प्रयास जारीः सचिवालयको बैठक बोलाउन माग

पार्टी एकता जोगाउन वामदेव गौतमको प्रयास जारीः सचिवालयको बैठक बोलाउन माग

  • बुधबार, फाल्गुन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

संसद पुनस्थापना भएसँगै नेकपा भित्र पुनः एकता हुन सक्छ या सक्दैन भन्ने चर्चा चलिरहेका बेला पार्टी एकता अभियान चलाईरहेका उपाध्यक्ष बामदेव गौतमले यसलाई निरन्तरता दिएका छन् । पार्टी एकता अभियानका संयोजक समेत रहेका उपाध्यक्ष गौतमले आज एक विज्ञप्ति जारी गरी पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् ।
उनले दुबै अध्यक्षका नाममा यस्तो अपील गरेका हुन् ।
पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये पार्टी अध्यक्ष ओली, महासचिव विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्का समूहमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ