‘बी’ डिभिजन लिग फुटबल : खुमलटार विजयी

‘बी’ डिभिजन लिग फुटबल : खुमलटार विजयी

  • मङ्लबार, फाल्गुन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, ११ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका आज भएको दोस्रो खेलमा युथ क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा खुमलटारले पुल्चोक स्पोर्टस् क्लबलाई ५–२ गेलअन्तरले पराजित गरेको हो । खुमलटारका लागि महेश राईले दुई तथा सविन केसी, आयुष घलान र मनिष सेढार्इंले एक एक गोल गर्नुभएको हो । खेलको २९औँ मिनेटमा खुमलटारका लागि राईले पहिलो गोल गर्नुभएको हो । यस्तै खेलको ५२औँ मिनेटमा केसीले पेनाल्टीमार्फत दोस्रो गोल गर्नुभएको हो । खेलको ५८औँ मिनेटमा खुमलटारका लागि घलानले तेस्रो गोल गर्नुभयो । खेलको ६३ औँ मिनेटमा खुमलटारका लागि राईले चौथो तथा ६५औँ मिनेटमा सेढाँईले पाँचौँ गोल गर्नुभएको थियो ।

यसैगरी पुल्चोकका लागि मीनबहादुर गुरुङले खेलको ४०औँ मिनेटमा तथा किश्मत लिम्बूले खेलको ४९औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै खुमलटारले हालसम्म छ खेलबाट १६ अङ्क तथा पुल्चोकले छ खेलबाट एक अङ्क मात्र जोडेको छ । कोरोना भाइरसको महामारीको कारण ‘बी’ डिभिजन लिग गत चैत ५ गते स्थगित भएको थियो । उक्त लिग पुनः आजदेखि शुरु भएको हो । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष टोली ए डिभिजनमा बढुवा हुनेछ भने पुछारको टोली सी डिभिजनमा घटुवा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ