मोरङको शिक्षक हत्या प्रकरणः नेकपा मोरङ जिल्ला ईन्चार्ज डिबिलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

मोरङको शिक्षक हत्या प्रकरणः नेकपा मोरङ जिल्ला ईन्चार्ज डिबिलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

  • मङ्लबार, फाल्गुन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

फागुण ११ विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला ईन्चार्ज धन बहादुर विक ( डिबी)लाई पुर्पक्षका लागि थुनामा राख्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ ।

सोमबार भएको बहसपछि न्यायधीश कपिलमणि गौतमको ईजलाशले थुनामा राख्ने आदेश दिएको हो । उनलाई यस अघि नै हतियारको मुद्धामा थुनामै राखिएको थियो । उनी मोरङ जिल्ला कारागारमा रहेका छन् ।
घटनामा संलग्न रहेको आरोपमा नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव ) सहित ४२ जनालाई प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्धा चलाएको छ । ती मध्य ७ जनाको वतन नखुलेको प्रहरीले जनाएको छ ।
शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको अवस्थमा घरदेखि नजिकको जंगलमा शव भेटिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ