विदेशी पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउन व्यवसायीको माग

विदेशी पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउन व्यवसायीको माग

  • सोमवार, फाल्गुन १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, १० फागुन । कोभिड–१९ महामारीका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी बनेको भन्दै यस क्षेत्रका अगुवा संस्थाले पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी पर्यटकको आवागमनलाई सहज तुल्याउनेलगायत उचित कार्यक्रम ल्याउन सरकारसमक्ष माग गरेका छन् ।

पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न ३६ वटा सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायीको पीरमर्कालाई सम्बोधन गरी थला परेको पर्यटन व्यवसायलाई विभिन्न १० बुँदे मागसहित ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीको मागमा ७२ घण्टाको पिसिआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकका हकमा पाँच दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउन आग्रह गरिएको छ । अनलाइन र अराइभल प्रवेशाज्ञा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट प्रवेशाज्ञाको व्यवस्था पूर्ववत्रुपले गराउन व्यवसायीले अनुरोध गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड परीक्षण मेशिन राख्ने अथवा तोकिएको स्वास्थ्य निकायबाट नमूना सङ्कलन गर्ने, हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न माग गरिएको छ । कोरोनाविरुद्धको खोप अग्रपङ्क्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाकाहरु तत्काल खोल्नुपर्ने, नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमणको व्यवस्था मिलाउन भनिएको छ ।

त्यस्तै नेपाल–भारत र नेपाल–चीन सीमानाहरुबाट भित्रिने पर्यटकलाई सवारीसाधनसहित निर्बाधरुपमा आउन पाउने व्यवस्था मिलाउन माग गरिएको छ । कम्तीमा पाँच हजार अमेरिकी डलर बराबरको कोरोना बीमा हटाएर कोरोनाविरुद्धको खोप पूरा मात्रा लगाई आएका पर्यटकलाई सहजरुपमा घुम्न दिनुपर्ने व्यवसायीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटेल एसोसिएशन अफ नेपाल (हान), नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), हिमालय उद्धार सङ्घलगायत संस्थाहरु छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ