उपयोग गर्न नमिल्ने औषधी बिक्री गर्ने बीरगञ्जको हर्बसेकुटिकल्समाथि कार्बाही

उपयोग गर्न नमिल्ने औषधी बिक्री गर्ने बीरगञ्जको हर्बसेकुटिकल्समाथि कार्बाही

  • सोमवार, फाल्गुन १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

फागुण १० काठमाण्डौं । औषधि व्यावस्था विभागले Gastogel Suspension 200ml ( Bach no GSL 7051/2020 june ) औषधि बजारबाट फिर्ता लिन उत्पादक कम्पनीलाई निर्देशन दिएको छ ।  वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपभोक्ताले गरेको उजुरीका आधारमा बीरगञ्जको भास्कर हर्बसेकटिकल्सद्धारा उत्पादित उक्त औषधी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा प्रयोग गर्न नमिल्ने रिपोर्ट आए पछि विभागले सबै औषधी फिर्ता गर्न निर्देशन दिएको हो । उपयोग गर्न नमिल्ने उक्त औषधि तत्काल फिर्ता गर्न र अनुसन्धानको रिपोर्ट बुझाउननिर्देशन सहितको परिपत्र विभागमा आएको विभागका निर्देशक शिबराज सेढाईले जानकारी दिनु भयो ।
तत्काल सो औषधी फिर्ता नल्याए थप कार्बाही हुने निर्देशक सेढाईले बताउनु भयो ।

विभागमा एक उपभोक्ताले औषधीमै फोहोर भेटिए पछि स्याम्पल सहित उजुरी दिएका थिए । सो उजुरीका आधारमा वाणिज्य विभागले औषधी व्यवस्था विभागलाई पुष ९ गते पत्रचार गरेर औषधीको गुणस्तर प्रयोग गर्न उचित भए नभएको परीक्षण गराउन भनेको थियो । सो पत्र अनुसार राष्ट्रिय प्रयोगशालामा परीक्षण गराउदा प्रयोग गर्न नमिल्ने रिपोर्ट माघ २९ गते आएको भन्दै औषधी व्यवस्था विभागले वाणिज्य विभागमा पत्र पठाए पछि विभागले आजै औषधी फिर्ताको निर्देशन दिएको हो ।
Gastogel Suspension2020ml पेटसम्बन्धि(ग्यास्ट्रक) को समस्याका बिरामीको उपचारमा प्रयोग गरिन्छ ।यसको उत्पादन मिति जुन २०२० छ भने समाप्ती मिति मे २०२३ रहेको छ ।
औषधि व्यावस्था विभागले औषधी ऐन २०३५ को दफा १४ बमोजिम उक्त औषधिहरु ब्जारबाट तुरुन्त फिर्ता गर्न र सो को विस्तृत विवरण पठाउन वाणिज्य विभागलाई भनेको छ । साथै ७ दिनभित्र उक्त व्याचको अनसन्धान रिपोर्ट समेत विभागमा पठाउन परिपत्रमा गरिएको विभाग श्रोतले बताएको छ ।

वाणिज्य विभागले औषधी कम्पनी भास्करलाई कानुन अनुसार थप कार्बाही गर्ने, स्टोरमा रहेको सो औषधी विक्री वितरण गर्न नमिल्ने गरी शिल गर्ने, औषधी बजारबाट फिर्ता भए नभएको अनुगमन गर्ने तयारी भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ