मेलम्चीमा आशा जाग्दै, आजदेखि सुरुङमा पानी भर्न थालिने

मेलम्चीमा आशा जाग्दै, आजदेखि सुरुङमा पानी भर्न थालिने

  • सोमवार, फाल्गुन १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

फागुण १० काठमाण्डौं । उपत्यका वासीको लामो सपना र आशा बने पनि समयमै काम नहुँदा निराशा छाईरहेका बेला मेलम्ची खानेपानी आयोजनाले अब केही आशा प्रदान गर्न थालेको छ । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर परीक्षण गर्न लागेको हो ।
आयोजनास्थल मेलम्चीमा औप्चारीक कार्यक्रम गरी पानी भर्न शुरु गर्ने तयारी छ । त्यसका लागि खानेपानी मन्त्री मणि थापा मेलम्चि पुग्दैछन् ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिए पनि अम्बाथानको अडिटको मुख्य गेट नं १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएर वेपत्ता पारे पछि परीक्षणको काम रोकिएको थियो ।
त्यस पछि विषेशज्ञहरुको परीक्षण र गेटको पुनसंरचना पछि पुनः पानी परीक्षण थालिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ ।
मेलम्चीबाट अब चाँही पानी ढिलो छिटो आईपुग्नेमा सर्वसाधारण आशावादी बन्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ