काठमाण्डौं फागुण ९ । आफ्नो पेटमा देखिएको ट्युमरको बिशेष परीक्षण र उपचारका लागि भारत पुगेका पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफू दुखित र लज्जित भएको बताएका छन् ।
दिल्ली पुगेर उनले ट्वीट गर्दै,मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू१अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जितरदुस्खित छु।२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु१सामान्य नागरिकको के होला ? भट्टराईले लेखेका छन् ।
सानो ट्युमर सामान्य कि घातक भनेर छुट्याउन २१ औं शताव्दीमा पनि छुट्याउन नसकेर विदेशमा रहेर घोत्लिएको बताएका छन् ।
उनको ललिपतुरको निदान अस्पतालमा परीक्षण भईरहेको थियो । तर चिकित्सकहरुले भारत जान सिफारीस गरे पछि उनी आज परिवार सहित दिल्ली गएका हुन् ।