फागुण ९ काठमाण्डौं । नेपालमा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३३ सय २५ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।
यसै गरी २४ घण्टामा १२१ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ ।
२४ घण्टामा संक्रमणबाट कुनै मृत्यु भएको छैन । हाल सम्म २०६१ जना मानिसको संक्रमणले ज्यान लिएको छ ।
अब आईसोलेसनमा १४९४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline