लुम्बिनी विकास बैंक लि. र इजीलिंक रेमिट्यान्स बीच विप्रेषण सम्झौता

लुम्बिनी विकास बैंक लि. र इजीलिंक रेमिट्यान्स बीच विप्रेषण सम्झौता

  • आइतवार, फाल्गुन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

लुम्बिनी विकास बैंक लि. र इजीलिंक रेमिट्यान्स प्रा. लि. बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले इजीलिंक रेमिट्यान्स प्रा. लि. को नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सिहरु मार्फत भुक्तनी लिन सक्नेछन् । साथै स्वदेश तथा विदेशबाट इजीलिंक रेमिट्यान्स मार्फंत पठाएको पैसा ग्राहकहरmले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी र इजीलिंक रेमिट्यान्स प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री डोल प्रसाद अर्यालले संयुक्त रुपमा हस्ताक्षर गर्नु भयो ।

यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् । “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६९ शाखा र १७ वटा ए. टि. एम का साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करीव २ लाख ७० हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ